MY CHILDHOOD( बालापन )

मेरो नाम रमेश तामांग हो।  म हाल बिगत ९  साल देखि यु ए इ को आबुधाबी स्थित रहेको एउटा नाम चलेको पाच तारे होटेलमा काम गर्छु। 

फर्केर हेर्दा ति तितामिठा पलहरु!

 मेरो बाल्यकाल सुरु हुन्छ अब.…

मेरो जन्म बि.स २०४६ साल अर्थात सन् १९१८९ मा काभ्रे गाउपालिका १ नुम्बर वडा आधाबाट भन्ने ठाउँको एउटा सानो मद्य्म वर्गको परिवारमा भयो।  परिवार को एक्लो छोरा म सानो छदा एकदमै माया अनि ममता मिल्यो किन कि म मात्रै परिवारको एक्लो छोरा थियो तिन दिदिहरु मुनि। मेरो बुबाले  सानै उमेर अर्थात् १४ वर्षको हुदा आमालाई भगायर ल्याउनु भएको रे तर दुरभाग्ग्य आफ्नो जन्न्म थलो छोडेर योही मेरो जीवनको साथी अनि कर्म थलो हो बनेर आएकि आमा कहिलै खुसि हुनसकिएन।  किनकी  त्यो दिन मेरी आमाले एउटा बुहारीले पाउनु पर्ने साथ्  अनि आशिरर्बाद पाउनुभएन।  हजुरमाले तिमी जस्ती कालीलाई म कसरी टिका लगाएर मेरो बुहारी भन्न
सकिन्न्छ भन्नू भएछ। अनि बिचरा मेरो आमा रुदै गहबरी आसु पर्दै दैलामा रहेको सानो सुकुलमै निदाउनु भएछ। बिबाह गरेको केहि समय पछि नै परिवाको खुसीको लागी केहिँ कमाऊछू अनि छोराछोरीलाई राम्म्रो शिक्षा दिन्छु भनेर मेरो बुबा गाऊ छोडेर शहर जानु भएछ। बिचारा मेरो कलिला सोच अनि कलिला उमेर भएका आमा अब कसरी एक्लै बस्नुहुन्छ जहाँ उहाको लागी माया अनि मिठो बचन कहिले छैन।  
 
सानै देखि दूख पाकी मेरी आमा सधै जस्तो रुनु हुन्थियो।  किनकि मेरो बुबा पनि जुवा तास अनि धूम्रपान, मध्यापन गर्नु हुन्थ्यो।  कुरा हो जुन बेला हजारे साहु बन्ने गरिन्थ्यो।  जो संग हजार को नोट हुन्छ उस्लाई धेरै धनी बनेर चिनिन्थियो।  कुरा २०४५  साल तिरको हो अभाग्गी म जुन बेला म यो धर्तीमा आइसकेको थिएन  बुबालेत जुवा खेलेर लगबग ७२ हजार जति हार्नु भएछ अनि भन्नु हुन्थियो रे मेरो छोरो छैन यो सम्पति मेरो लागि के काम। के गर्नु हाम्रो अभाग्गी कर्म  …

तेतिबेला जुनबेला मेरो यो धर्तीमा जन्म बैसकेको थियो जुनबेलासम्म मेरा आमाबुबाले जसोतसो गरी आफ्नो सानो छुट्टै घर बनाउनु भएको थियो। मद्य्म वर्गको परिवारमा हुर्केको म धेरै भौतिक खुशी दिन नसके पनि मेरो आमा अनि दिदीहरुको अथाह माया थियो। घरमा मैले कहिँ काम गर्नु पर्दैन थियो सबै दिदिहरुले गर्नु हुन्थ्यो ।
मेरो प्राथमिक तहको पढाई नजिकैको एउटा सरकारी स्कूलबाट भयो जुन एकदमै रमैलो थियो। जब म प्राथमिक तहको अध्यान सकिए पछि माध्यमिक तहको लागी हिडेर लगबग एक घण्टा
लाग्ने ठाउमा लागे अनि मेरो पढाईको स्तर सगसगै मेरो शारीरिक तथा मानसिक विकास हुदै गयो जहाँ मैले आफुले आफुलाई चिनिन थाले, मैले आफुलाई बिस्त्राई महसुस गर्न थाले खुशी, दुख, पिडा अनि संघर्ष।

म पनि सानैदेखि रोगी कहिले के हुने त कहिले के हुने मलाई सानैबाट ग्सस्टिकको रोग थियो। अनि मलाई धेरै पेट दुख्न्ने हुन्थ्यो।  मलाई त्यो दिनले सधै सताउछा जुन दिन मेरी आमाले मेरो पेट दुखेको उपचारको लागी उनीले लगाको नाकको फुली निकालेर दिनुभाको थियो। त्यो पल ले ( धेरै रूहाऊछ मलाई २ )

मेरी आमालाई हजुरआमाले त कहिले माया गर्नु भएन भएन बाबाले पनि कहिलै उनीको मुहारमा खुशी, हासो ल्याउन सक्नुभएन।  सायद धेरै पिउने अनि घरबाट टाढा भएर होला।  बाबा घरमा पैसा नपठाउने अनि साथीहरुसंग सधै जस्तो जुवा तास खेल्नु हुन्थियो रे।  सुन्नेमा आको अर्को सानी आमा लिएर सहर अर्थत काठमाडौँमा सग्नै बस्न्नु हुन्छ बनेर।  जसोतसो मेरी आमाले हामीलाई राम्रोसंग पाल्नु बयो अनि जीवन चलिरयो । जब म माद्यामिक तहमा अध्यानरत थिए  तेती खेर सम्म त बुबा पनि काठमाडौँ छोडेर गाऊ आउनुबैसकेको थियो तर दुखको कुरो मेरी आमाले बुबाको साथ त पाइन् पाइन एउटा पत्निले पतिबाट पाउने मिठो माया अनि पारिवारिक खुशी आहिकै पाउन सकिनन्।  बुबा सधै रक्सि पिउनुहुन्थ्यो अनि दिनभरी गाऊ डुल्नु हुन्थियो जब तब आउनुहुन्थ्यो अनि आमालाई बेसरी पेट्नु हुन्थ्यो।  अनि अहिले कहिँ त घरमा नै आउनु हुन्नथियो।  यसरी हाम्रो दिनहरु त जसोतसो बितिन्थियो तर रात देखी मेरा आखाहरुमा कहिले खुशी थिएन अनि मनमन्नै भन्थे हे बागवान तिमीले किन रात बनायो अब मेरी आमा रुनुहुन्छ अनि हामी पनि संगै रुनुपर्छ तर के गर्नु यसरी नै हाम्रो हरेक रातहरु बित्यो। जब जब आमालाई बुबाले पिट्नु हुन्थ्यो तब तब हामी दिदीभाई अनि मेरी आमा सबै जना संगै बेसरी रुनुथियों।  बस एक जन्म दिने बुबालाई हामीले खालि के नै गर्नु सकिन्छ र।  तेतीखेर सम्म मेरो आमाको हात भाची सक्नु भएको थियो बुबाले पिटेर।  बाबा अनि हजुरआमाले त कहिलै माया नगर्ने मेरी आमा सधै भन्नुहुन्थियो रे मेरो एउटा काले छोरा छ उसले मलाई खुशी दिन्छ भनेर।  परिवारमा मेरो सानी दिदि र म मात्रै थियो माद्यमिक तहको शिक्षाको लागि स्कूल जाने तर दुर्भाग्य के गर्नु दिनौ जस्तो तल आमाबुबाको झगडा हुन्थ्यो किनकि बुबा सधै जसो पिएर आउनु हुन्थ्यो अनि हामी माथि रुदै रुदै होमेवोर्क गर्थियो सम्जिदा अहिले पनि आखाबरी आसु आउछ।

यसरी नै मेरो बाल्यकालका दिनहरु बित्दै गयो। मेरो एस एल सी पनि आयो अनि मैले आफुले धेरै मेहनत गर्न लागे अन्तत म पास पनि भए। अब त मेरो आमाको सपना पुरा गर्नुछ मलाई अनि धेरै पढेर कमाई गर्नुछ। अनि म मेरो आमा बुबालाई कहिलै झगड गर्न दिन्न मनमा एउटा प्रण गरे अनि गाउ छोडेर सहरतिर परिवारको खुशी अनि उज्यालो भबिस्यको लागि लागे।  तेतिबेला सम्म मेरो सानी दिदीले पनि गाउ छोडेर सहर पढनु सुरु गरिसक्नु भएको थियो।  मेरो ति बयेस्क जवान के खाउ के लाउ अनि जे देखियो आफुलाई तेस्तै चाहाना राक्ने मेरो उमेर अब एक्लै तेत्रो ठुलो सहरमा संघर्स गर्नुछ। खल्तीमा घर बाट पठाको १५०० रुपैया छ अनि चामलको बोरा बरि  आमाले हाल्नु बाको तरकारी, मकैको पिटो अनि गुन्द्रुक छ अनि मनबरी एउटै कुरा छ कहाँ बस्ने अनि कसरी  आफ्नो पढाइ गर्ने।  अब को मेरो यात्रा सहर अर्थात् काठमाडौँ उच्च शीक्षाको लागि।।।।।।



                                                                                                                               क्रमस।।।

English Translate....
........................................................................................................................................................

My name is Ramesh Tamang. I currently working at five star hotel located in Abu Dhabi, UAE for the past six years.



My flashback those memories!



My childhood starts now…


I was born in 1989 at the village of Kavre Gaupalika, 2 Adhabat in a small middle class family. The only son of the family. I got so much love and affection when I was a kid because I was the only son in the family under three elder sisters. My father brought/marry to my mother when he was a young child age of 14 years old. but unfortunate that she left her birthplace and became my very own mom was not worth it.because while getting into the house together with father my grandmother meaning mother's mother-in-law did not allowed him to get into the house and neither the blessings that has given. Mother-in low instead scolded by saying you are too black and rubbish girl. I can’t get you into my house. That moment my mother stayed outside overnight with small mat.
Shortly after marriage, my father left the village and went to the city to earn some money for the happiness of his family and to give good education to his children. the poor not mature enough and very young my mother how she lives alone where there is never any love and sweet words for her.


Since young age, my mother use to cry as usual. Because my father used to get drunk and smoked cigarette. There was the time when the one with the note of a thousand was known to be very rich person. It was about 1988 sadly very unlucky when I didn't come to this land, my father had lost around 72 thousand rupees while playing game card. Well father said my son has not yet born than what this asset does for me. At that time, when was born until that my parents made it their own separate a small home. Growing up in a middle-class family my mother and sisters loved me, even though they could not provide much physical material for happiness. I didn't have to work at home. My primary level of education was from a nearby government school, which was a lot of fun. When I finished the primary level I had to walk about an hour for my secondary education. As I began to move and my level of education progress my physical and mental development continued to grow, where I began to identify myself, I began to feel depressed, joy, pain and struggle. I have had gastric disease since I was a child. And I used to have a lot of stomachache pain. I was always harassed by the day my mother had to remove her nose ring for treatment of my stomachache. That moment (I feel very sorry)

My grandmother never loved my mother as well father could not bring joy and laughter to her face. Probably too much of drinking alcohol and away from home. Dad used to not sending money at home and play gambling an hours with his friends. That come to hear taking another young mother and lived near the city, Kathmandu. And life went on....

My father had left Kathmandu/city when I was studying at secondary level, but sadly my mother has the husband back but not as good and loyal polite husband. Always used to drink alcohol and used to spend all day along with his friends and loses all the money finally he could come at home and beat my mother. And sometimes even didn't use to come at home for a few days. While father beat mother we could join together along with sisters and cried a lot. what we could do when your father is doing all of these.my mother use to says that I have one dark son who will look after me in future while her eyes will fill with full of tears and painful body. What we could say to father who gives us birth. We use to cry whole night at every evening. To do the higher level of education I had my very own younger sister was with me. While my secondary time has become shorter when my examination was taking soon. Well finally I got passed and start dreaming to fulfill for mother's dream. I have decided to go capital city for my further study where I could do lot more in my life. By that time my sister was already studying in the city for her further education. Well when I have decided to move from birth place to complete my dream I had only 1600 rupees at my pocket but lots more love and affection and some food vegetables into my bags from my mother.

Now I am very new to the city lots of responsibilities and dream on the head thinking of where to go and stay here my journey began for another page of life.....



                                                                                                              To be continue....

Comments

Popular posts from this blog

गर्बवती महिलाको पिडा "The Period Of Pregnancy "

Taste Of Wine Or Price

अन्तर्वार्ताको लागि कसरी तयारी गर्ने। An Interview