MY YOUNG AGE ( बयस्क उमेर )

्छ रमेश तामांग

अबको यात्रा सहर अर्थात् काठमाडौँ तिरको।  . . .

मेरो अबको यात्रा काठमाडौँ तिरको हो।  तर म धेरै अलमलमा थियो कि कता जाने आफ्नोहरु छन् तर चिन्ताछ मनमा कि उनिहरुके भन्ने होलान भनेर।















मेरो पहिलो मनले भने मेरो दिदि भेना हुनुहुन्छ उत्ता पटन काठमाडौँमा म तेही जान्छु।  मेरो यात्रा अगाडी बढ्यो मैले आमाले पठाएको सामानको बोरा गाडीमा हाले अनि आफुपनि चढे।  लगबग ४ घण्टाको यात्रा पछि म मेरो दिदि भेनाको कोठामा आइपुग्यो। तेतिखेर सम्म मेरो उच्च माध्यामिक तहको पढाईको लागि भर्ना खुलिकसकेको थिएन तेसैले मैले सोचे अब  कही काम गर्नुपर्छ अनि अलि कहिँ कमाऊनुछ । मेरो भनेजु क्याटरिङ्गमा सेफको काम गर्नु हुन्थियो।  त्यसैले सेफको हेल्पर या वेटर भएर म पनि जाने निदो गरे अनि भेनाजु संग कुरा गरेर जान लागे। तेहा कसैको बिहे अनि ब्रत्बन्द तिर वेटर गर्नु पर्दो रहेछ। कामको दौडानमा कति धेरै रुन्थिए म न आफुले कसैलाई राम्रो संग चिनेको छ न आफुलाई काम नै आउछ। हरेक दिन गाली खानु पर्थियो मलाई अहिले पनि याद छ पूलचोक मा एउटा क्याफे थियो जहाँ प्राय बिहेको पार्टी हुन्थियो अनि हामीलाई वेटर को लागि बोलाऊ थियो एक दिन मलाई तेहको साहुले तोइलेट मा धेरै फोहोर भयो रे बनेर २/३ चोटी सफा गर्नु लगायो मलाई धेरै नराम्रो लागो अनि मा धेरै रोहे पनि तोइलेट सफा गर्ने अर्को मान्छे हुदा हुदै किन मलाई लगायो होला।  रुदै हजारौ पाहुनाले फोहोर गरेको त्यो तोइलेट सफा गरे।  अनि रुदै भेनाजुलाई भने भेनाले बन्नु भयो बाबु यहाँ यस्तै हो साहुले जे भन्छ तेही गर्नुपर्छ म त्यो दिन धेरै रोए।  केहि दिन काम गरेपछि अब कलेज भर्ना गर्ने  समय नि आउन लाग्यो अब भर्ना गर्नु पैसा छैन के गर्ने होला नत कतै स्थाई जागिर नै छ।  तेही मैले कामको केहिँ रकम अनि दिदीले हालिदिनु बाको थोरै रकमले कलेज भर्ना गर्नु छ। मेरो ठुलो दिदीको नि कति अभागी कर्म रहेछ भेनाजु भनेको जस्तो पाउनु भएन भेनाजु पनि धेरै काम आउने तर काम २/३ गर्ने अनि १/२ महिना नगर्ने सदै रक्सि खाने अनि दिदि संग पैसा माग्दै सदै झगडा गर्नु हुन्थियो  कलेजको खोजि हुदै गर्दा मैले थाहा पाए उत्ता दिदि पनि काकाको घर छोडेर यतै म संग बस्ने इच्छ गर्नु भाको रेछ दिदीले फोन गरेर भन्नु भो भाई हामी दुवै सगै बसम अनि मिलेर दुख सूख गरम्ला। साचै दिदि त आउनु भयो दिदि सगै नाताले आफ्नो सानी आम पर्ने पनि आउनु भयो बनुभयो हामी सगै बस्नु हुन्छ रे हामी ेा कलेज को सस्तो फिस अनि कलेज नजिकै एउटा सस्तो सानो कोठाको खोजीमा डल्लुमा पुग्यो मैले नजिकै कलेज पाए सस्तो अनि राम्रो नै पढाई हुदोरहेछ। कलेज त भर्ना गरियो अब कोटाको लागि समान कहिँ छैन।














त्यो समयमा आफ्ना बन्ने नजिक कोहि पनि थिएन सानो एउटा खाटठुलो  दिदीले दिनुभाको थियो।  हामीले सानो कुकर अनि स्टप अनि खानाको लागि चाहिने कहिँ समान किने अनि दिदि भाईअनि सानी आमा हामी सगै बस्न लागे केहि दिनको बसाई पछि सानी आमा उत्त गाउमा जाने कुरा गर्नु भयो अनि उतै बस्ने निदो गर्नु भएछ। अब हामी दुइ दिदि भाई  दिनहरु बित्दै थियो काम पनि समयमा नपाउने भित्रभित्रै नराम्रो लागिरहेको थियो।त्यो सानो कोठा एउटा सानसानो खाट।  समय संग सगै म काम को खोजीमा थियो तेत्रो ठुलो सहरमा आफुले चिनेका कोहि छैनन कसले दिन्छ होला मलाई काम मेरो काम गर्दै पढने मेरो ठुलो रहर अनि बद्य्ता थियो।  घरबाट पैसा पठाएर पढाउन सक्ने मेरो छेमता थिएन। मेरो साइली फुपू काकाहरुसंगै बस्नुहुन्थित्यो काकाहरुको घरमै।  एक दिनको कुरो हो म काकाकोमा गएको थिए मेरो काकाहरु आफ्नो परिवारको खुसीको लागि सबै जना खाडी मुलुकमा काम गर्नु हुन्थियो।  घरमा काकीहरू हुनुहुन्थियो माया गर्नु हुन्थियोमलाई अनि फर्किने बेला केहि रकम तिमीलाई गाडी खर्च भन्नु हुन्थियो।  ३/४ दिनको बसाई पछि मलाई फूपुले आफुले काम गर्ने नजिकै एउटा काम गर्ने मान्छे मागेको कुरा गर्नु भयो।  तलब १५०० रुपिया मासिक काम चाही ठुलो होलसेल कपडा पसल भित्र रेछ बिहान ९ बजेबाट बेलुका  ८/९ बजे सम्म गर्नु पर्छ बन्नु भयो। म खुशी भए अनि खुशीले आमालाई फोन गरेर भने आमा मैले काम पाको छु भनेर।  अनि मैले फुपुलाई हुन्छ म काम गर्छु पर्सिबाट भने। अन्तत आज मेरो काम गर्ने दिन म बिहानको कलेज सकेर फुपू सगै काममा गए। मलाई अहिले नि याद छ फुलुले त्यो पहिलो दिन भन्नु भाको तिमि काठमाडौँ मा पहिले चोटी हो, त्यो पनि असनको गल्लि भित्र तिमीलाई काम मिलेको छ हराउ छौ तिमि बरु यो पसल नजिकै सानो शिवको मन्दिर छ तेसलाई चिनो बनाऊ अनि बाहिर आउन सकिन्छ।  सुरुसुरुमा त केहिदिन हराए पनि धेरै चोटी घरमा ढीला पुगे। काम गर्दै गए कुनै दिन धेरै साहुको गालि खानु पर्थियो काम भने केहि फिक्स थिएँन कपडाको पसलको काम भनेर घरको काम पनि लगाउथियो, कहिले ठुलो कपडाको बारी बोकाएर एउटा पसलबाट अर्को ठाउमा सार्नु लागौथियो, त कहिले ठुलो ठुलो भारी कस्नु लागौनुहुन्थियो। सबै मेरो अफ्फ्नो भाग्यको खेल हो भन्दै गर्थिए। अनि धेरै रुन्थिए एकान्तमा कस्तो कर्म लिएर आएछु भनेर। कहिले कहिँ त पसल बन्द २ तल माथि  साहुको बस्ने ठाउँ अर्थात् उसको घरनै रहेछ तेह माथि बोलौथियो अनि घरमा माथि देखि तल सम्म सफा गर्ने लगाउने अनि सबै कोठाहरु पनि सफा गर्नु पर्ने हुन्थियो तेती मात्रै कहाँ हुनु कहिले कहिँ त साको ठुला ठुला भाडाहरू अनि पुजा को समान सबै धुनी लागौथियो तर मेरो बद्यता बनम या कर्मको खेल मैले गर्नु नै थियो मलाई पैसाको धेरै खाचो थियो अनि मेरो पढाई गर्नु छ।  कहिले कहिँ त काम भएन बने कौसीमा सिरक अनि डसना र सिरानी को लागि रुवा कूटन लागौथियो। के गर्नु साहुको काम गर्नु नै पर्थियो। तेतिबेला म आमालाई धेरै सम्झिन्थियो आमाले पकाउनु भाको खाना धेरै याद औथियो। अनि घरमा फोन गर्थियो तर मेरो दुर्भाग्य अहिले आमा खुसि भएर बोल्नुभाको महसुस गर्न सकिन बन्नु हुन्थियो छोरा हामीलाई सबै ठिकै छु तर उही आमाको छोरा न हु मलाई आमाले दुख अनि पिडा लुकाऊदै कुरा गर्नु हुन्थियो आमाको गहभरिको आसु मलाई फोनमा महसुस हुन्थियो किन कि मेरो बुबा ले अहिले पनि धेरै पिउनु हुदो रहेछ अनि आमालाई पिट्नु हुन्थियो। समय बित्दै थियो मेरो ठुलो दिदि पनि काम गर्नु हुन्थियो आफ्नो पेट अनि ति कलिला मेरो २ भंजिहरु को लागि पनि ज्यामी काम देखि सडक तिर तरकारी भाग गर्नु हुन्थियो।  जसोतसो ऋण गरेर दिदीले भेनाजुलाई परदेशमा पठाउनु भयो कहिँ कमाउ छ अनि परिवारको राम्रो भबिष्य हुन्छ। तर  भानाजुलेभने कहिले समयमा पैसा पठुनु हुन्न थियो जसोतसो मेरो दिदीले यसरी २ छोरीहरु लै पाल्नु हुन्थियो।  तेतिबेला सम्म दिदि उत्ता पाटन नै बस्नु हुन्थियो। म  कलेज बिहान ५ बजे जान्थ कलेज सकिएसि सदै काम मा जानु पर्थियो अनि आको महिनाको पैसाले साउको कोटा भाडा  दिन्थियो अनि बाकी ले एक महिनाको लागि समान किन्न्थियो। समय संगै मेरो ११ को परिक्षा पनि आयो र परिक्षा सकिए तर मलाई एङ्ग्लिश बिषय लागेको रेछ मैले फिरी बढेर दिने निदो गरे यसरि दिनहरु बित्तै थियो। मैले आफु संगै एउतै कक्षा मा पढ्ने साथीलाई आफ्नो कोटामा राख्ने निदो गरे ताकी आफुलाई पनि केहि कोठाको भार कम हुन्छकी बनेर हामीले सबै खाने अनि बस्ने सजिदारी गर्न थाले उसले तिन भागको एक भाग मलाई पैसा दिन्थियो। अनि हामी यसरि नै दुख सुख गरि बिताउथियो। मेरो  साथिको त घरबाटमा  बुबा दाजु आउनु हुन्थियो बुबाले घरबाट खर्च चामल अनि तरकारी लिएर आउनु हुन्थियो। तर म एकलै रुन्थियो अनि भन्थिए हे बागवान मलाई कहिँ अरु चाहिदैन म आफु कमाउछु अनि आफ्नो पेट पालेर पदाई पुरा गर्छु मलाई बस मेरो आमा बाबाको सदै खुसि अनि झगड नगरेको हेर्न चाहन्छु।तर दुर्भ्ग्य मेरो कहिले राम्रो सुन्न सकिन आमा र बुबा त् अहिले पनि झगड गर्नु हुदो हरेछ२/३ महिनाको बसाई पछि मेरो साथीले म संग नबस्ने कुरा गर्नु भो। कक्षा ११ को बीचतिर होला सायद दशैं पनि आयो मैले आमा अनि बुबा लाई नै कपडा अनि दशैं लै चाहिने तेल मसला चिउरा किन्ने।  हामी दसैँ को लागि घरतिर लग्यो घरमा हर चाडहरु जस्तै डर थियो कि अहिलेको चाडमा बुबाले धेरै पिउनुहुन्छ अनि खेलेर हार्नु हुन्छ। म मा सदै एउट डर हुन्थियो कि बुबाले आमा संग झगडा गर्नु हुन्छ। सदै झैँ बुबा गाउमा खेल्नु जानु भयो अनि ३/४ दिनमा मात्रै आउनु भयो।  सबैको संगै बसेर खुसि भएर हासिखुसी रमाइलो गर्नु पर्नेमा हाम्रो घरमा कहिले पनि हुन्न थियो। हामी धेरै रुनुथियो अनि हाम्रो हरेक चाड यसरी नै जन्थियो। दसैं तिहार सकेर हामी दिदि भाई काठमाडौँ आयो अब  फेरि पढाई गर्नु छ। हामी  मिठो मसिनो जे खय पनि हामी खुसि थियो दिदीले आफ्नो यिस्न्तक पढदै हुनुहुन्थियो अनि काम पनि खोज्नु हुदै थियो। मलाइ कहिले कहिँ कति दुख लाग्थियो न आफुसंग राम्रो लगाउने न राम्रो खाने पैसा छ।  संगैको साथी हरुको गास चुलो अनि मोबाइल हुन्थिएन तर मेरो त बिहान अनि बेलुकाको छाक टार्नु नै ठुलो कुरा थियो।  यो कुरा ले मलाई अहिले पनि भाबुक भनाउछ जुन बेला म ४ घन्टी नपडि मट्टीतेल किन्न लाईन मा बस्ने गर्थियो किन कि गास बाल्ने सम्म पैसा थिएन।  दिदीले बल्लतल्ल एउटा काम पाउनु भएछ त्यो पनि तेती थ्रोरै रकम जम्मा १२ सय अनि तेती  धेरै टाडा बौद्ध मा स्कूल मा ५ कक्षा सम्मको लागि पदाई गर्नु पर्ने।  दिनहरु धेरै गारो लग्थियो आफ्नो कोहि छन् कि केहि खर्च दिने हुन्थियो। काम बाट फर्कदा मलाई अहिले पनि याद छ पुलको छेउमा भग गरेको बन्द अनि कहुली लिएर एउटा बन्दा सायद २ दिन सम्म पनि खयोउ होला।  कहिले कहिँ दिदीले मासु पसल बाट कुखुराको कट पिस बन्दो रेछ हड्डी संगै अलिअलि मासु बाको त्यो लयर आउनु हुन्थितो विचार धेरै मासु खानु पर्ने म तेही हड्डी मा खुसि हुन्थियो। अब त कक्षा  १२ को परीक्षा पनि आउन लाग्यो।  मेरो ठुलो दिदि भेनाजु बाहिर जानु भएसी एक्लै हुनुहुथ्यो एक दिन दिदीले फोन गरेर भन्नु भयो भाइ अब हामी ३ जना सगै बस्नुपर्छ। मन मा खुसि त थियो तर डर पनि थियो अब एउटा सानो कोटामा कसरी ३ जना बस्ने होला के खाने होला।  नबन्दै ठुलो दिदि पनि आउनु भयो।  दिदीले तेती बेला सम्म २ छोरी हरु लै गाउमा नै राख्नु भाको थियो।  अब हामी ३ ले केहि गर्नु छ अनि केहि कमाउनु छ।  दिदीले आफुले ल्याउनु भाको गास चुलो अनि खटा थियो अनि अरु खाना बनाउने भाडाहरू पनि।  मलाई धेरै खुसि लग्यो तेतिबेला जुनबेला दिदीले गास चुलो लिएर आउनु भयो किनकि हामीलाई साहुले सदै गालि गर्नु हुन्थियो स्टप ले कोटाको भित्ता कालो भयो बनेर।  अनि अब म नि मेरो साथीहरुलाई कोटामा ल्याउन सकिन्छ अब त गास चुलो नि छ।  बस यसरी नै बित्दै थियो हाम्रो जीवन।  मेरो १२ कक्षा को परिणाम पनि आयो पास भएछु। मैले अब विदेश जाने अनि केहि कमाउने अनि मेरो बुबा आमालाई सदै को लागि काठमाडौँ मा राख्नु छ मैले मेरो काम नि छोडे अब केहि मेंनपावोर खोज्नु छ। अब हामीले पैसा कमाउनु छ केहि गर्नु छ।  म पढाई सकेर एउटा राम्रो संगीत सिक्ने अनि ठुलो गायक बन्ने मन थियो तर के गर्नु गरिब आमाको कोखमा जन्म लिएछु। 

 क्रमस। …। . . . .   

Comments

Popular posts from this blog

गर्बवती महिलाको पिडा "The Period Of Pregnancy "

Taste Of Wine Or Price

अन्तर्वार्ताको लागि कसरी तयारी गर्ने। An Interview